बलिउड अभिनेता सलमान खानले आज आफ्नो ५६ औँ जन्मदिन आफ्नो पनवेल फार्महाउसमा मनाइरहेका छन् ।
सलमानले अबेर राती आफ्नो जन्मदिन मिडिया र पैपराजीसँग मनाए । यस अवसरमा उनले कालो टि-शर्टमाथि लेदरको कालो जैकेट र गाढा डेनिम जुत्ता लगाएका थिए ।सुपरस्टारले आफ्नो फार्महाउस बाहिर मिडियासँग कुराकानी पनि गरे, जहाँ उनले आफ्नो आगामी फिल्महरु, सर्पदंशबारे चर्चा गरे । सलमानले आफू छिट्टै 'बजरंगी भाइजान-२' लिएर आउने पनि बताए ।
सेलिब्रेशनका लागि भाइजानको फार्महाउसमा धेरै सेलिबे्रटी पुगेका छन् । बबी देओल, संगीता अग्निहोत्री, अलविरा खानका छोरा इब्राहिम अली खान , निखिल दिवेदी ,रजत शर्मा, वत्सल सेठ, अतुल अग्निहोत्री, अलविरा खान अग्निहोत्री लगायतका सेलेब्स उनको फार्महाउ पुगेका छन् । पनवेल नजिकै रहेको उनको फार्महाउसमा सलमानलाई सर्पले टोकेको थियो ।
उनलाई तुरुन्तै नवी मुम्बईको कामोथेको अस्पतालमा लगिएको थियो र आइतबार बिहान डिस्चार्ज गरिएको थियो ।अस्पतालको बेडमा लडिरहेका सलमान खानको तस्विर भाइरल भएको थियो ।पैपराजी अकाउन्टबाट भिडियो अपडोल भएपछि मात्र सलमानलाई जन्मदिनको शुभकामना दिने चलन छ ।