नेकपा (माओवादी केन्द्र)को बन्दसत्र सुरू भएको छ । बन्दसत्र प्रज्ञा भवनमा सुरू भएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ र त्यसमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
बन्दसत्रमा राजनीतिक प्रतिवेदन, विधान पारितलगायतको कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
महाधिवेशनले १५ पदाधिकारीसहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।