बहुप्रतिक्षित जनकपुर–कुर्था रेल पुष महिनाभित्रै सञ्चालनमा आउने तयारी भईरहेको भौतिक योजना तथा यातायातमन्त्री रेणु यादवले बताएकी छिन् ।
संघीय संसदबाट रेल सञ्चालन सम्बन्धी अध्यादेश पास भईसकेकोले त्यसको सञ्चालनको कार्यविधि बनाएर पुषको अन्तीम साताभित्रै रेल सञ्चालनमा ल्याईने मन्त्रीले यादवले बताईन् ।
भारत सरकारको सहयोगमा निर्मित तथा नेपालको लागि अति महत्वपुर्ण मानिएको रेल सेवाको उदघाटन नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा गर्ने उनले जनाईन् ।
‘संसदमा केही दिनअगाडि मात्रै रेल्वे अध्यादेश पारीत गराईसकेका छौं’– मन्त्री यादवले भनीन– ‘रेल्वेका प्राविधिकहरुलाई प्रशिक्षण तथा निर्देशन दिएपछी सञ्चालनमा आउँछ ।’
पहिलो चरणमा निर्माण भएको जनकपुर–कुर्था रेल सेवा सञ्चालनमा आएपछी क्रमिक रुपमा कुर्थादेखि बर्दिबस हुँदै निजगढ र त्यहाँबाट काठमाडौंसम्म त्यसको विस्तार गरिने समेत मन्त्री यादवले जनाईन् ।
प्रदेश २ को सप्तरीमा जनता समाजवादी पार्टीले आयोजना गरेको एक कार्यक्रममा मन्त्री यादवले सरकारले रेलका सांथै देशैभरीको सडकको स्तरोन्नती लगायतको विषयमा योजनाहरु बनाईरहेको बताईन ।