दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् ।
घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज सोमवार बैंकबाट पैसा निकालेर घर ९पनौरा० जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छोडेका थिए ।
छुटेको रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गरेका हुन् । छुटेको रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएको हो ।