भारतमा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ६५३ पुगेको छ ।
महाराष्ट्रमा ओमिक्रोन संक्रमितहरु सबैभन्दा बढी संख्यामा भेटिएका छन् । महाराष्ट्रमा ओमिक्रोनका १६७ संक्रमित भेटिएका छन् भने दिल्लीमा १६५ जनामा ओमिक्रोन देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशमा ६ हजार ३ सय ५८ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ४ सय ५० जना निको भएका छन् । हाल कुल सक्रिय संक्रमितको संख्या ७५,४५६ रहेको छ ।