नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । राष्ट्रिय सभा गृहमा मंगलबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता भएको हो ।
एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो ।
सो कार्यक्रममा बोल्दै नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताए । ‘अहंकारबाट मुक्त हुनुभएन भने विकृतिबाट मुक्त हुनुभएन भने युवाहरु अगाडि बढ्न सक्नुहुन्न’, अध्यक्ष नेपालले भने, ‘नसकिने कुरा केही पनि छैन । म नराम्रो संगतमा पर्दिन भनेर सबै युवाले संकल्प लिनुपर्छ, शपथ लिनुपर्छ ।’
अध्यक्ष नेपालले सिंगो देश र समाजलाई डोहोर्याउनका निम्ति सही विचार लिनुपर्नेमा जोड दिए । जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्न शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।