काठमाडौंमा बस्दै आएका अनिश कुमार रेग्मीले नेपाल टेलिकमको सिम कार्डबाट सोमबार मध्यान्न एक साथीलाई मेसेज गरे । मेसेज अलि लामो थियो ।
उक्त मेसेज रेग्मीको साथीको मोबाइलमा गएन । रेग्मीको मोबाइलमा पनि मेसेज गएको देखिएन । तर, मेसेजवापतको पैसा भने रेग्मीको सिमकार्डबाट काटियो ।
त्यसबारेमा बुझ्न उनी नेपाल टेलिकमको बबरहमल शाखामा गए । तर, त्यहाँका एक कर्मचारीले म्यासेज गइसकेको र मोबाइलमा समस्या रहेको भन्दै पन्छिए ।
ती कर्मचारीको जवाफबाट चित्त नबुझेपछि रेग्मीले नेपाल टेलिकम बबरमहलका कार्यालय प्रमुखलाई सोमबार चिठी लेख्दै लिखित जवाफ मागेका छन् ।
तर, रेग्मीलाई मंगलबारसम्म पनि टेलिकमले कुनै जवाफ दिएको छ, न त मोबाइलबाट साथीकोमा मेसेज गएको छ । तर, काटेको पैसा भने फिर्ता भएको छैन ।
यस्तो समस्या धेरै ग्राहकको सिमकार्डमा आउने गरेको छ । तर, टेलिकमले भने यस्ता समस्या समाधानका लागि खास्सै पहल गरेको देखिँदैन ।