काठमाडौँको चन्द्रागिरिमा हिउँ परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षासँगै हिउँ परेको हो ।
चन्द्रागिरिमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । वर्षा र हिमपातका कारण काठमाडौँ सहित देशभर अधिकतम तापक्रम घटेको छ । जसका कारण चिसो ह्वात्तै बढेको छ ।