आगामी पुस २० गते काठमाडौँमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८ हुने भएको छ ।
“स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले पुस २० गते मङ्गलबार प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्न लागेको हो ।
मेला बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना हुनेछ । शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।
मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम)र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइनेछ । एक सय सहभागीहरूलाई निस्शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निस्शुल्क हवाई भाडा दिइनेछ ।