मंगलबार रातिदेखि जिल्लाभर भारी हिमपात भएको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएको छ भने पशुवस्तु गोठबाट निकाल्न सकिने अवस्था रहेको छैन ।
हिउ पर्ने क्रम जारी रहेको छ । यसवर्षको तेस्रो पटकको हिमपात भए पनि यो ठूलो हिमपात भएको छ ।
यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यस पटक भने कर्णाली नदीको तीरसम्मै हिउँ जमेको पाईन्छ । चिसो पनि दिउँसै माइनस १२ डिग्रीमा पुगेको छ ।
बजार क्षेत्र फाट्टफुट्ट खेले पनि मानिसको आवतजावत धेरै कम देखिएको छ । कार्यालयमा पनि सेवाग्राहीका उपस्थिति अहिलेसम्म हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।