नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको चौंथो दिन बन्दसत्र सुरु भएको छ ।
प्रज्ञा भवनमा ८औं महाधिवेशनको चौंथो दिन बन्दसत्र सुरु भएको हो ।
जारी बन्दसत्रमा आजबाट प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् ।
टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।
सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।