गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् जापानले २०२१/७/३० तारिखमा सम्पन्न निर्वाचनबारे कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ति निकाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले यस्तो आग्रह गरेको हो ।
निर्वाचन सम्बन्धित मापदण्डहरू निर्धारण गरी २०२१/७/३० मा निर्वाचन सम्पन्न भएको र केही निर्वाचनका प्रत्याशीहरूले निर्वाचन नतिजा आफ्नो अनुकूल नआएपछि भ्रामक विवादको सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।
निर्वाचन सम्पन भएपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, एसिया प्यासिफिक र निर्वाचन मण्डलबाट समेत आधिकारिकता प्राप्त गरी नयाँ कार्यसमितिको शपथग्रहण सम्पन्न भई नियमित रूपमा काम कारबाही निरन्तर गरिरहेको बताउँदै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले बाहिर आएको गतिविधीको भ्रममा नपर्न सबैमा आग्रह गरेको हो ।
यस्तै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र यसअन्तर्गत रहेका क्षेत्रिय समितिहरूले संयुक्त रूपमा घोर भत्र्सना गर्दै यस्ता गतिविधि तुरुन्त बन्द गर्न चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।