इन्डोेनेसियाले बोइङ ७३७ म्याक्स विमानमाथिको प्रतिबन्ध हटाएको छ ।
तीन बर्षअघि लायन एयरको विमान दुर्घटनामा १८१ जनाको ज्यान गएपछि प्रतिबन्ध लगाइएको थियो । मार्च २०१९मा, इथियोपियन एयरलाइन्स ७३७ म्याक्स विमान दुर्घटना पछि, विमान निर्माताहरुले उनीहरुको सबैधन्दा धेरै बिक्री हुने विमानको उडानमा प्रतिबन्ध लगाए ।
सोमबार इथियोपियन एयरलाइन्सले फब्रुअरीदेखी यी विमानहरु उडान सुरु गर्ने बताएको थियो । वास्तवमा यो घोषणा अमेरिका र युरोपमा ७३७ म्याक्स विमान पुन सञ्चालनमा आएको केही महिनापछि गरिएको हो । अष्ट्रेलिया, जापान, भारत , मलेसिया र सिङगापुरलगायत १८० भन्दा बढी देशले ७३७ म्याक्स उडानका लागि अनुमति दिएका छन् ।
इन्डोनेसियाको यातायात मन्त्रालयले एक विज्ञप्तिमा यो विमानमाथिको प्रतिबन्ध तत्काल प्रभावबाट हटाउने र विमानको प्रणालीमा गरिएका परिवर्तनहरुलाई नियामक छानबिन गरिने बताएको छ ।