नेपाललाई किसानको देश भनेर चिनिन्छ । आधी आवादीभन्दा बढी जनसंख्या कृषि पेशामा निर्भर भएको देश नेपाल नै हो ।
अझ नेपालको अन्न भण्डार मानिने मधेश र प्रदेश २ जहाँ हरघर किसानकै बास छ । जो बिहानदेखी बेलुकिसम्म अन्न तथा तरकारी उत्पादन गरेर देशैभरीको जनताको साँझ–बिहानको गाँस पस्किन्छ ।
यस्तो कृषिप्रधान देशमा कहिले बिउ त कहिले मल खाद्दको अभाव चरम मात्रामा देखिने गरिन्छ । अहिलेपनी प्रदेश २ मा सरकारले बिउ तथा मलखाद्दको व्यवस्था नगरिदिदां आन्दोलन भईरहेको छ ।
तर यसै प्रदेशको एउटा यस्तो वडा छ, जहाँ किसानहरुको आवयक्तालाई मध्यनजर गर्दै हरेक शुविधा उपलब्ध गराईरहेको छ ।
बारा जिल्लाको महागढीमाई नगरपाली वडा नं.९ पिप्राविर्ताले वडाका किसानहरुलाई अनेकौ सेवा उपलब्ध गराई सर्वत्र चर्चा बटुलिरहेको हो ।
सो वडाले आफ्नो वडाभित्रका किसानहरुलाई बिउ, मलखाद्द समयमै सहुलियतमा उपलब्ध गराउनेदेखि कृषि कार्यकालागी आवश्यक अनेकौ उपकरणहरु निःशुल्क वितरण गरी उनिहरुको पेशालाई सरल बनाउने काम गरेको छ।
वडाध्यक्ष शशिकान्त मिश्राले आफ्नो व्यक्तिगत पहुँचको आधारमा प्रदेश तथा केन्द्र सरकारबाट करोडौको योजनाहरु ल्याएर वडालाई प्रदेशभित्रकै नमुना बनाउने कार्य गरेका छन् ।
जिल्लाको दक्षिणि सिमाना छेउंमा रहेको तथा विकट मानिने उक्त वडामा कृषिका साँथै स्वास्थ्य, शिक्षा तथा भौतिक संरचनाहरुको बिकाश गरेर वडाध्यक्ष मिश्रा चर्चामा हुन् ।
शिक्षाका लागी बिधालयको स्तरोन्नती, भौतिक संरचना निर्माण, छात्रवृत्ती लगायको व्यवस्था गरी त्यहााका बालबालिकाहरुको भविष्यलाई निखार्ने तथा स्वास्थ्य चौकी, सडक, नाला आदिहरुको निर्माण गरी वडाको नागरिको जिवन सरल बनाउने काम वडाले गरेको छ ।
विधुतिय शुविधाबाट बञ्चित रहेको वडाका विभिन्न गाउँहरुमा उर्जा मन्त्रालयको सहयोगमा गाउँभरीनै बिधुतिकरण गरेका वडाध्यक्ष मिश्राले कृषि मिटर लिएका किसानहरुको ७० प्रतिशत बिधुत महशुल वडा कार्यालयले नै भुक्तान गर्ने शुबिधा समेत दिएका छन् ।