इजरायलमा एभियन फ्लूको महामारी रोक्ने १० हजारभन्दा बढी टर्की मार्ने तयारी इजरायलले गरेको छ ।
हुला नेतर रिजर्भमा यस बिमारीले ५ हजार भन्दा बढी प्रवासी सारसको मरेका छन् । त्यहाँका वातावरण मन्त्री तामा जान्डबर्गले यसलाई 'इजरायलको इतिहासमा वन्यजन्तुका लागि सबैभन्दा ठूलो प्रहार' भने । स्थानीय कृषकलाई पनि करिब ५ लाख कुखुरा मार्न भनिएको छ। अहिलेसम्म मानिसमा A(H5N1) भाइरसको केस फेला परेको छैन ।
प्रधानमन्त्री नफ्ताली बेनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्य विज्ञहरुसँग भेटेर यसलाई रोक्ने उपायबारे छलफल गरेका छन् । भाइरसबाट सन् २००३ मा विश्वभर ४५६ जनाको मृत्यु भएको थियो ।