अफगानिस्तानका पूर्व राष्ट्रपति असरफघानीलाई अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी) ले सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचीमा राखेको छ ।
ओसीसीआरपी संसारभरका स्वतन्त्र मिडिया आउटलेटहरुको लागि एक गैर नाफामूलक खोज पत्रकारीता गर्ने प्लेटफर्म हो । रिपोर्ट अनुसार सूचीमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को शीर्ष स्थानमा छन् । यिनीहरु बाहेक यसमा सिरियाली राष्ट्रपति बसर अल असद , टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अस्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्ज सामेल छन् ।