जनमत पार्टीले शुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागी जारी राख्ने घोषणा गरेको छ। आन्दोलनको घोषणासंगै मधेस छुने पुर्व–पश्चिम राजमार्गमा समेत अनिश्चितकालिन बन्द कायम राखिएको छ ।
जनमतका कार्यकर्ताहरु आज बिहानैदेखी प्रदेश २ लगायत मधेसका अन्य जिल्लाहरुमा प्रदर्शन गर्दै यातायात, बजार तथा कलकारखाना बन्द गराइएका छन् ।
सरकारसंग १२ वटा माग राख्दै जनमतले आन्दोलनको घोषणा गरेको अध्यक्ष डा.सिके राउतले बताएका छन् ।
किसानहरुलाई समयमै मलखाद्द तथा बिउ उपलब्ध गराउनुपर्ने देखी मधेसमा जनसंख्याको आधारमा स्थानिय तहहरुको निर्माणसम्मको माग जनमतले राखेको छ ।
एक सातादेखी जारीे किसान आन्दोलनलाई थप संघर्षपुर्ण बनाउँदै जनमतले आजदेखी अन्श्चिितकालीन आम हड्तालको घोषणा गरेको हो ।
जनमत पार्टीका अध्यक्ष डा. डाउतले मन्त्रीस्तरको उच्चस्तरीय वार्ता टोली गठन गरेर आफुहरुको मागबारे सम्झौता गर्नुपर्ने माग समेत गरेका छन् ।
डा.राउतले प्रधानमन्त्रीले आन्दोलनरत किसानहरुको ज्ञापनपत्र बुझ्न नमानेको, आन्दोलनमा ब्यापक बल प्रयोग गरी आन्दोलनकारीहरुलाई घाईते बनाएको र किसानमाथी ज्यादती गरी झुठा मुद्दा लगाएको भन्दै आन्दोलनलाई अनिश्चितकालका लागी लम्ब्याएको बताए । किसानहरुको माग पुरा नहुञ्जेल आन्दोलन जारी रहने उनले बताए ।
जनमत पार्टीले आजदेखी मधेसमा संघीय मन्त्रीहरु उपस्थित हुने कार्यक्रममा अवरोध सिर्जना गर्ने र बिरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
पार्टीले किसानहरु मलखाद्द तथा बिउ नपाएर आन्दोलनरत रहेको बेला देशका कृषिमन्त्री महेन्द्र राय यादव कार्यकर्ता भेट्नमै व्यस्त भई किसानको पिरमर्का नबुझेको भन्दै उनलाई ‘हिटलिष्ट’ मा राखिएको बताएको छ ।
अध्यक्ष डा.राउतले बुधवार राति एक टेलिभिजनमा अन्तवार्ता दिदैँ किसानको समस्या नबुझ्ने कृषिमन्त्री यादवलाई मधेशका किसान जनकारवाही गर्न खोजिरहेको समेत बताए ।
कृषिमन्त्री यादवका कारण किसानहरुले उँखुको मुल्य नतोकिकनै चिनि मलिमा सस्तोमा उँखु बेच्न बाध्य भईरहेको भन्दै त्यसको जवाब यादवले दिनुपर्ने बताए ।