नेकपा एमाले स्थायी कमिटि सदस्य प्रभु साहले सर्लाहीमा प्रहरीले गरेमो ज्यादती जंगलराजको पराकाष्ठा भएको बताएका छन् ।
सर्लाहीको बयलबासमा आईतवार नेपाल प्रहरीले भ्यानले किचिएर व्यवसायी रामकुमार महतोको मृत्यु हुने संकाष्पद भएको बताउंदै नेता साहले प्रहरीको क्रियाकलाप मानवताबिरोधी भएको समेत बताए ।
घटनापछी बयलवासका वयापारी तथा आम नागरिक आन्दोलित भएपछी गल्ति स्वीकारी समाधान गर्नुको साटो प्रहरीले थप दमन गरेको भन्दै नेता साहले त्यसको भत्सर्ना गरेका छन् ।
रहस्यमय ढंगले मृत्यु हुनु र सर्लाही प्रहरीले अझै अनुचित रुपमा बल प्रयोग गरी पीडित पक्षलाई थप उतेजित एवं मर्माहत बनाउने कार्य जंगलराज को पराकाष्ठा भएको बताउँदै साहले जिल्लाका एसपी र सम्बन्धित ईलाकाका इन्चार्जलाई तत्काल निलम्बन गर्न माग समेत गरेका छन् ।
नेता साहले सर्लाही घटनालाई छलफलमार्फत समाधान गर्नुपर्ने बताउँदै सर्लाही प्रहरीले गरेको मानवताबिरोधी हर्कतले सिङ्गो प्रहरी संगठनलाई नै बदनाम गराउने तथा प्रहरी प्रशासनप्रति आमजनताको विश्वास गुम्ने बताए ।
उनले घटनाको निश्पक्ष छानबीन गरी तत्काल पीडित पक्षलाई राहत एवं दोषीलाई कार्यवाही गर्न गृह मन्त्रालय सहित नेपाल सरकारसंग जोडदार माग समेत गरेका छन् ।
गत आइतबार ९ बजेतिर इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा फेन्सी पसल चलाउँदै आएका स्थानिय व्यापारी ईश्वरपुर नगरपालिका–५ का रामकुमार महतोको मृत्यु भएको थियो ।