घाँस काट्न गएकी एक महिलाको रुखबाट खसेर मृत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका –२ डिग्रे निवासी ५४ वर्षीया भीमा घर्तीको रुखबाट लडेर मृत्यु भएको हो ।
बुधवार बिहान घाँस काट्न गएकी घर्ती दिउँसोसम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी क्रममा घर नजिकैको रुखको फेदमा मृत फेला पारेका थिए ।
घर्तीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।