नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमाथि २५ समूहले छलफलपछि सुझाव पेश गरेका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी रहेको महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २५ समूहले छलफलपछि सुझाव पेश गरेका छन् ।
बिहीबार १४ वटा समूहले समूहगत छलफलको निष्कर्ष शीर्ष नेतृत्वसमक्ष पेश गरेका हुन् । यसअघि बुधबार ११ वटा समूहले सुझाव पेश गरेका थिए ।
प्रतिवेदन उपर नेता राम कार्कीले पुरक प्रस्ताव र लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।
अब प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले भोलि दिउँसो १ बजे दिने कार्यक्रम छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।