बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डन कार्यालयले विहान ११ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएको जानकारी दिएको छ ।
शुक्रबार विहानैदेखि विमानस्थलको भिजिबिलिटी सय मिटरमा झरेपछि उडान रोकिएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी एक हजार एक सय मिटर पुगेको छ ।
विहान घाम लागेसँगै ११ बजेदेशि पुनः उडान सुरु भएको नागरिक उड्डन कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानका छ वटा विमान अवतरण भएका छन् भने आन्तरिकतर्फ पोखरा, विराटनगर र भद्रपुरको उडानका लागि बोर्डिङ पास भएका छन् ।