जनमत पार्टीले किसान आन्दोलन शुरु गरेसंगै प्रदेश २ का जिल्लाहरुमा त्यसको व्यापक प्रभाव देखिन थालेको छ ।
किसानी गर्ने समयमा स्थानिय सरकारले बिउ तथा मलखाद्दको व्यवस्था नगर्दा आक्रोसित किसानहरु स्वस्फुर्त बिद्रोह गर्न शुरु गरेका छन् ।
प्रदेश २ को राजधानी जनकपुर नजिकैको एक स्थानिय तहमा बिहिवार स्थानिय किसानहरुले तालाबन्दीमाथी तालाबन्दी गरेका छन् ।
धनुषाको कमला नगरपालिका कार्यालयमा किसानहरुले तालाबन्दी गरेका हुन् । नगरपालिका कार्यालयले बिउ तथा मलखाद्द उपलब्ध नगराएको भन्दै उनिहरुले तालाबन्दी गरेको बताएका छन् ।
यसअघी हिजो बुधवार मात्रै त्यहाँका बिभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुले सोही कार्यालयमा तालाबन्दी गरेका थिए ।
उपभोक्ता समिति मार्फत काम गरिसकेपछी नगरपालिका कार्यालयले राखेको धरौटी रकम फिर्ता नगरेको भन्दै उनिहरुले तालाबन्दी गरेका थिए ।
कृषि पेशा गर्ने समयमा किसानहरुलाई बिउ तथा मलखाद्द को व्यवस्था नगरिदिएको कारण महंगो मुल्यमा डिएपी, युरीया लगायतको मलखाद्द किन्नु परेको भन्दै किसानहरुले सोको व्यवस्था नगरपालिका कार्यालयबाटै गर्न दवाव दिने उद्देश्यले तालाबन्दी गरेको बताएका छन् ।
यता कमला नगरपालिकाका मेयर रामउदगार गोईत किसानहरुको समस्या समाधान नगरी बिगत १ महिनादेखी कार्यालयमा नभेटिएको जनाईएको छ । पार्टीको कामले नगरपालिका कार्यालय नगएको मेयर गोईत श्रोतले बताएपनी किसानहरुकै डरका कारण उनि फरार रहेको बुझिएको छ ।