नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ ।
प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अहिले लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत भइरहेको छन् ।
ती प्रतिवेदन पारित भएसँगै अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् । त्यस्तै, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।