नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापति उम्मेदवार बन्न डा. प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएका छन् ।
लामा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा उपप्राध्यापक पदमा कार्यरत थिए ।
उक्त विभागकी मुख्य कार्यालय सहायक ईन्द्रकुमारी महर्जनले शुक्रबार एक सूचना जारी गर्दै लामाले राजीनामा बुझाएको जानकारी दिएकी छन् ।
त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएका लामा कांग्रेस सिन्धुपाल्चोकको पुस २७ गते हुने अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट जिल्ला सभापतिका उम्मेदवार बनेका छन् ।