नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिन थालेका छन् ।
बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो । सो क्रममा उठेका प्रश्नको जवाफ प्रचण्डले दिइरहेका हुन् ।
प्रचण्डले सोमबार ४५ पृष्ठ लामो ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरले, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक दस्तावेज र फरक मत राखेका थिए ।
अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ ।