अफगानिस्तानमा तालिबान सरकारको रक्षा मन्त्रालयले एक लाख सदस्यीय नयाँ सैन्य बल बनाउन प्रयास भइरहेको जनाएको छ ।
उनले इस्लामिक इमिरेट्समा सैन्य बलहरुलाई प्राथमिकता दिइने कुरामा जोड दिए ।रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ललाह खाजरजामीले टोलो न्यूजलाई भने "उनीहरु भर्ना भएपछि उनीहरुलाई टोलीमा ड्युटीमा पठाइनेछ । यो प्रकृया करिब ८० प्रतिशत पूरा भइसकेको छ । अघिल्लो सरकारको पतनसँगै, देशको ३५०००० अफगान राष्ट्रिय रक्षा र सुरक्षा बलहरु पनि विघटन गरियो ।"
सैन्य विज्ञहरुले नयाँ सैन्य बलमा पूर्व सुरक्षा बलका सदस्यहरु समावेश गर्नुपर्ने सुझाव दिएका छन् । यस प्रकृयामा काम गर्न २० सदस्यीय प्रतिनिधिमण्डल नियुक्क्त गरिएको रक्षा मन्त्रालयले जनाएको छ । ३५०००० पूर्व अफगान सुरक्षा बलहरु मध्ये १५०००० रक्षा मन्त्रालयको अधिनमा छन् ।