चुनावमा पराजित ३ नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
देउवाले आइतबार कल्याणकुमार गुरूङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेस महाधिवेशनमा गुरूङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सह–महामन्त्रीमा पराति भएका छन् ।
यसअघि शनिबमार देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
कांग्रेस विधानमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने पाउने व्यवस्था छ ।