प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रय सदस्य आरजु राणाले भारतको दिल्लीमा भारतिय जनता पार्टी (भाजपा) नेतासंग बिशेष भेटघाट गरेकि छिन् ।
बिरामि भेट्न भारत भ्रमणमा रहेकी राणाले आज भारतको राजधानी नयाँ दिल्लीमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालालाई भेटेकी हुन् ।
भेटघाटको विषय सार्वजनीक नगरिएपनी दुबैविचको भेटवार्ता एमसिसि तथा प्रधानमन्त्री देउवाको भारत भ्रमण बारे केन्द्रीत रहेको बुझिएको छ ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा प्रधानमन्त्री देउवा सभापतीमा निर्वाचित हुने बितिक्कै देउवा पत्नी राणाको भारत भ्रमणले बिशेष महत्व राखेको जानकारहरु बताउँछन् ।
राणाको तर्फवाट व्यक्तिगत भ्रमण भनिएपनी उनको भ्रमण नितान्त राजनितिक रहेको बुझिएको छ । उनले चौथाईवाला लगायतका भारतिय नेताहरुसंगको भेटबारे सार्वजनिक नगरेपनी चौथाईवालालेनै सामाजिक सञ्जाल मार्फत राणासंगको भेटबारे सार्वजनिक गरेका हुन् ।
श्रोतका अनुसार जनवरी ११ देखि गुजरातमा हुने व्यापारीक कार्यक्रमका लागि भारत सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागि हुने वा नहुने भन्ने कुरा राणाले टुंगो लगाउने बुझिएको छ ।