राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गरेका हुन् ।
पुस २७ गते सरकारी बिदा दिनुको साथै सरकारी स्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउनसमेत राप्रपाले माग गरेको हो ।
अध्यक्ष लिङ्देनले सार्वजनिक बिदाको निर्णय नभए देशव्यापी विरोध गर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।