‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ भोलि (मंगलबार) काठमाडौँमा ‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला’ हुँदैछ ।
शैक्षिक मेला बिहान १० देखि बेलुकी ५ बजेसम्म नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा हुने आयोजक नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले जनाएको छ ।
यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवासमेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने बताइएको छ।
कक्षा ११, १२ मा अध्ययनरतलगायत कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए।
एक सय सहभागीलाई निस्शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र बिजेतालाई अष्ट्रेलियाको निस्शुल्क हवाई भाडा दिइनेछ ।
उद्घाटन एचई फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने तयारी छ ।यो मेलामा विद्यार्थीले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निस्शुल्क साथै थुप्रै उपहारहरुका र छात्रबृत्तिको व्यवस्था छ ।