सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको हो ।
भागबण्डाअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने सहमति भएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका १९ सांसद बिदा हुँदैछन् । एमालेबाट आठ, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।