नेकपा एमालेको अध्यक्ष पदमा केपि ओलिबाट पराजित भएका एमाले नेता भिम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा र भारतिय जनता पार्टीका नेताबिच भएको भेटघाटको आलोचना गरेका छन् ।
नेतृ राणा पुस ११ गते भारतको राजधानी नयाँ दिल्लीमा मुटुको समस्याबाट पीडित भाइ भुषण राणाको उपचारका लागि त्यहाँ पुगेर उनलाई भेट गरेकि थिईन् ।
भाईको शल्यक्रिया पश्चात भारतिय जनता पार्टीका बिदेश विभाग प्रमुख विजय चौथाईवालेको निमन्त्रणामा आईतवार उनिसंग भेटघाट गरेकी राणाको बिरोध भिम रावलले गरेका हुन् ।
राणा र चौथाईवालेको व्यक्तिगत भेटलाई सरकारको परराष्ट्र मामिलासंग जोड्दै नेता रावलले नेपालको परराष्ट्र मामिलालाई श्रीमान–श्रीमती मामिला भनि प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै रावलले भनेका छन– ‘श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिला श्रीमान र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?’
राजनितिमा पिएचडी गरिसकेका रावलले न्युनतम राजनितिक संस्कारलाई समेत ख्याल नगरी राणामाथी प्रधानमन्त्री पत्नी मात्र भएको भरमा गरिको आलोचनाको सर्वत्र विरोध भईरहेको छ ।
नेपाली काँग्रेसको १४ औ महाधिवेहनमा अत्यधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी समेत भएकी नेतृ राणालाई प्रधानमन्त्रीको नातासंग जोडेर देशको परराष्ट्र मामिलासंग जोडिनु खेदजनक रहेको प्रतिकृया समेत चौतर्फि आईरहेको छ ।
यसैबिच नेपाली काँग्रेसका युवा नेता तथा सञ्चार उद्दमी बिकाश ठाकुरले एमाले नेता रावलको भनाईप्रती बिरोध जनाउँदै उनको विद्वतामाथीनै प्रश्न उठाएका छन ।
ठाकुरले, रावलसंग पिएजडी गरेको सर्टिफिकेट हांतमा भएपनी विद्वतामा उनी शुन्य सरह रहेको बताएका छन् ।
‘आरजु राणा प्रधानमन्त्री पत्नी मात्रै होइनिन्, उनी कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य पनि हुन्, अर्थात पार्टी नेतृ पनि हुन भन्ने कुरालाई भीम रावलले स्वीकार गर्न सकेको देखिँदैन’– उनले भने– ‘महिला अगाडि बढेको देख्न नसक्ने निम्न सोंच भएका रावललाई आरजुले राजनीतिक भेट गर्दा स्वीकार्य भएन, अनि कुतर्क गरेर भए पनि आलोचनामा उत्रिएका छन ।’
नेतृ राणाले गत रक्षबन्धनमा र भारतिय नेता चौथाईवालेलाई राखि बााधेर दिदि–भाईको सम्बन्ध मानेको अवस्थामा भाईको घर गएको बेला त्यसलाई देशकै श्रीमान–श्रीमती मामिला भनिनु लज्जास्पद भएको समेत ठाकुरले बताएका छन् ।
ठाकुरले शिष्टाचार राजनीतिक भेट सामान्य कुटनीतिक आचारण भित्र नै पर्दछ । त्यसमाथि दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई रोटी–बेटीको सम्बन्ध समेत भएकाले यो भेटलाई सामान्य भएको बताए ।
एमालेमा कहिले माधव त कहिले ओली गर्दागर्दै कतैको नरहेका भिम रावल मानसिक रुपपमै बिक्षिप्त भएकाले उनि सामान्य राजनिकि र शिष्टाचारलाई समेत ख्याल नगरी बरबराउन थालेको ठाकुरको तर्क छ ।