जनयुद्धको जगमा स्थापित माओवादी पार्टीमा नव–माओवादी र परिवारवाद हावी भएपछी परिवर्तित नेकपा (माओवादी केन्द्र) को हिजो काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले टिका लगाईदिएका २ सय ३६ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
अध्यक्ष प्रचण्डको व्यक्तिगत लाभोन्मुख नितिका कारण विक्षिप्त भएका उनका जनयुद्धका अधिकांश सहयात्रीले सांथ छोडेपछी परिवारवालाई थप बढावा दिएका प्रचण्डले आफ्ना बिर कमाण्डरहरुलाई नै पाखा लगाएर केन्द्रीय समितिको घोषणा गरेको चर्चा सर्वत्र छरिएको छ ।
प्रचण्डले पाखा लगाएका एक जना सहयात्री हुन सप्तरीका उमेशकुमार यादव । कुनैबेला प्रचण्डले मर्न जा, भन्दा मर्न पनि तयार हुने सप्तरीका क्रान्तिकारी नेता उमेशकुमार यादवलाई समेत प्रचण्डले केन्द्रिय समितिबाट ‘किक–आउट’ गरेका छन् ।
यादव तिनै ब्यक्ति हुन जस्ते प्रचण्डकै निर्देशनमा तत्कालिन संबिधानसभाभित्र उत्पात मचाएका थिए । प्रचण्डले भनेजसो नभएपछी यादवले उनको आदेश पालन गर्ने क्रममा संबिधानसभाभित्र भित्र कुर्सी भाच्नेदेखी लिएर लातामुकी गर्न समेत पछी परेका थिएनन् ।
प्रचण्ड आदेशमा भएको संसदभित्रको उनको ताण्डवको विश्वव्यापी आलोचना भएको थियो । सर्वत्र आलोचना भएपनी ‘रामदुत–हनुमान’ झै यादवले सम्पुर्ण ताण्डवको जिम्मा आफै लिएर प्रचण्डको बचाउ समेत गरेका थिए ।
भाई, छोरी, बुहारीलाई केन्द्रिय समितिमा राख्ने प्रचण्डले उनै उमेशकुमार यादव समेतलाई बाहिरको बाटो देखाका छन् । यादवजस्ता कयौं पात्र छन जो प्रचण्डको परिवादबाट अहिले पिडित भएर लोईलो गर्दैछन् ।