निलम्बित जसपा सांसद रेशमलाल चौधरीले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गरेका छन् ।
डिल्लीबजार कारागारमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख आरोपी चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ता गरेका हुन् ।
नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि समर्थक चौधरीका तस्बिर अङ्कित प्लेकार्ड र ब्यानर बोकेर निर्वाचन आयोग पुगेका थिए ।
जसपाको आधिकारिकता विवादमा चौधरी तटस्थ बसेका थिए ।