पुष्पकमल दाहाल प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।
कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए ।
अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
यस्तै, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट चयन केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सानेपास्थित हेरिटेज प्लाजामा आयोजित कार्यक्रममा महाधिवेशनबाट चयन केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
केन्द्रीय कमिटी बैठकले अन्य पदाधिकारी पनि चयन गर्नेछ ।
