पुष्पकमल दाहाल प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।
पुनः माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन भएपछि बोल्दै प्रचण्डले माओवादी आन्दोलन नसकिने बताए । उनले यसअघि पार्टीको अध्यक्ष नहुने बताए ।
उनले भने, ‘प्रचण्ड नभए माओवादी के हुन्छ भन्ने प्रश्न नै गलत छ । माओवादी एउटा क्रान्तिकारी पार्टी हो विचार हो । माओवादी आन्दोलन सकिँदैन । माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत चिज होइन ।’
उनले नेतृत्वको रुपमा आफ्नो लागि यो अन्तिम अवसर हुने पनि घोषणा गरे । उनले भने, ‘नेपाल राष्ट्र र जनताको सेवा गर्ने नेतृत्वको रुपमा मेरो लागि यो अन्तिम अवसर हुनेछ, उमेरलगायत हरेक दृष्टिले । यो अन्तिम चुनौती पनि हो ।’