यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट सोमबार दिउँसो १६ जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
कार्यालयमा आउने सेवाग्राहीहरूलाई लाग्ने दस्तुर भन्दा बढी लिएर छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ का २३ बर्षीय सुविन लामा,वडा नम्बर ५ का २४ बर्षीय शौरव श्रेष्ठ,२७ बर्षीय राजेश खड्गी,वडा नम्बर ८ का २१ बर्षीय रविन कार्की २५ बर्षीय अजय महर्जन,२६ बर्षीय हरिकृष्ण पहरी रहेका छन् ।
यस्तै धनकुटाको धरान नगरपालिका वडा नम्बर ५ का राकु तामाङ,अछामको साँफेबगर नगरपालिका वडा नम्बर ५ का २१ बर्षीय एकेन्द्र बुढा,ओखलढुङ्गा चम्पादेवि गाउपालिका वडा नंम्बर ४ का बर्ष २१ का बिवेक न्यौपाने, ललितपुर गोदावरी नगरपालिका वडा नम्बर २४ घर का रुद्र बहादुर महत र सिन्धुपाल्चोक ठुलोधादिङ घर भउका बर्ष २१ का छिरिङ तामाङ पक्राउ परेका हुन् ।
उनीहरूलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा अनुसन्धान अघि बढाएको छ।