जनता समाजवादी पार्टी नेपालले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका कार्यकारिणी सदस्य प्रमोद साहलाई नियुक्त भएका छन् ।
जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनको नियुक्ति बारेमा संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् ।
‘जसपा संसदीय दलको विधान, २०७८ को धारण १३ (१) अनुसार सर्लाही जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुने साहलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ’, नियुक्ति पत्रमा भनिएको छ ।