राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता भइरहेको छ । उम्मेदवारहरु निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराइरहेका छन् ।
निर्वाचनमा सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा एकातिर छन् भने एमाले एक्लै छ ।
आगामी माघ १२ गते हुने उक्त निर्वाचनका मनोनयन गर्दा समय मंगलबार दिउँसो ३ बजेसम्म तोकिएको छ ।
आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।
यी हुन् राष्ट्रियसभा उम्मेदवारः
नेपाली कांग्रेस
प्रदेश १– गोपालकुमार बस्नेत
बागमती– कृष्णप्रसाद पौडेल
गण्डकी– कमला पन्त
लुम्बिनी– युवराज शर्मा
कर्णाली– दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम–नारायण मिश्र
नेकपा एमाले
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)
बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)
माओवादी केन्द्र
प्रदेश २— उर्मिला अर्याल
गण्डकी– भुवन सुनार
सुदूरपश्चिम– जगत पार्की
कर्णाली – नरबहादुर विष्ट र
अन्यबाट– सुरेश आलेमगर
नेकपा एकीकृत समाजवादी
प्रदेश १– जयन्ती राई
बागमती प्रदेश– गोमा तिमल्सिना
लुम्बिनी प्रदेश–राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश– उदय बोहोरा
सुदूरपश्चिम प्रदेश—मदनकुमारी (गरिमा शाह)
जनता समाजवादी पार्टी (जसपा)
प्रदेश २– मो.खालिद सिद्दिकी
प्रदेश १– हेमराज राई
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)
रुपक कुमारी यादव र श्यामसुन्दर सरदार
राष्ट्रिय जनमोर्चा
राजेश विश्वकर्मा