निर्वाचन आयोगले चलाएको फोटो सहितको मतदाता नामावली संकलन अभियान अन्तर्गत बारामा ३७ हजार १ सय ६१ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार पुष १८ गतेसम्म जिल्लामा नयाँ र पुराना गरी कुल ४ लाख १३ हजार ७ जना मतदाता पुगेका छन् ।
निर्वाचन कार्यालयले मंसिर तेस्रो साताबाट शुरु गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रममा त्यती संख्यामा मतदाता थपिएका हुन् ।
निर्चाचन कार्यालयले जिल्लाका १६ मध्ये १३ वटा पालिकाहरुमा कार्यक्रम चलाउंदा टोलीमा १९ हजार ३ सय ७९ जना मतदाता थपिएका हुन भने जिल्ला प्रशासन कार्यालय बारा, ईलाका प्रशासन कार्यालय सिमरा तथा कोल्हवीमा रहेको अस्यायी मतदाता नामावली संकलन केन्द्रबाट १७ हजार ७ सय ८२ गरी जम्मा ३७ हजार १ सय ६१ जना नयाँ मतदाता थपिएको लिल्ला निर्वाचन अधिकृत सरोज कुमार चौधरीले बताए ।
थपिएका मतदाताहरुमा महिलाको संख्या १७ हजार ७ सय २८ रहेको छ भने पुरुषको संख्या १९ हजार ३ सय ९० रहेको अधिकृत चौधरीले बताए ।
थपिएका मतदाता संख्यामा सबैभन्दा बढी सिम्रौनगढ नगरपालिकामा ३ हजार ५ सय ३६ जना र सबै भन्दा कम देवताल गाउँपालिकामा १ हजार १० जना रहेको चौधरीले जनाए ।