जनता समाजवादी पार्टी नेपा (जसपा) का केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य प्रमोद प्रसाद गुप्ताले सञ्चार क्षेत्रको बिकाश बिना लोकतन्त्रको अधुरो हुने बताएका छन् ।
नागरिकलाई सुसुचित तथा जनप्रतिनिधिलाई सचेत बनाउन सञ्चार क्षेत्रको आवश्यक्ता निर्विकल्प भएको बताउंदै गुप्ताले स्वतन्त्र पत्रकारीता देशको मुल आवश्यक्ता रहेको बताए ।
बाराको सदरमुकार कलैयामा आज जि नेटवर्क नामक मिडिया सेन्टरको उदघाटन गर्दै नेता गुप्ताले वर्तमान राजनितिक परिस्थितिमा सञ्चार जगतको भुमिका अहम भएको बताए ।
देशमा व्याप्त भ्रष्टाचार, कुरिति तथा राजनितिक, सामाजिक बेथितिलाई नियन्त्रण एवम नियमन गर्न सञ्चार क्षेत्रले परिवर्तनकारी नेतृत्व गनुपर्ने उनले बताए ।
‘सञ्चार जगतलाई देशको चौथो अंग मानिन्छ’– उनले भने– ‘त्यसैले देशको एक मुल अंग भएको नाताले हरेक समस्याहरुको निराकणको लागि सञ्चार जगत खटिरहनुुपर्ने हुन्छ ।’
नेता गुप्ताले जिल्लामा व्यवस्थीत सञ्चारगृहको अभावमा जि नेटवर्कले नागरिकको अधिकारका लागि आवाज उठाउने बिश्वास समेत व्यक्त गरे ।
जी नेटवर्क नेपालका प्रबन्ध निर्देशक आनन्द शर्माकोे अध्यक्षतामा भएको कार्यक्रममा बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदीप साह(गोल्डेन), जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साह, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य एवं युवा संघका प्रदेश संयोजक धु्रव यादव, लगायतले उक्त सञ्चारगृहको सफलताको कामना गरेका थिए ।