फाइजर खोप लगाउनको लागि आवश्यक पर्ने फाइजरको ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।
मंगलबाट दिउँसो ६ लाख ६४ हजार ६५० मात्रा खोप नेपाल आइपुगेको आपूर्ती व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ ।
पुस १३ गते २० जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि संचालन गर्ने भनेको खोप अभियान खोपलाई आवश्यक पर्ने घोलक र सिरिन्जको अभावले स्थगित भएको थियो ।
खोप अभियानको लागि ६ लाख ६४ हजार ६५० मात्रा खोप र घोलक आइसकेको छ । सिरिन्ज आउने बित्तिकै सरकारले काठमाडौं उपत्यका सहित ८ जिल्लामा फाइजरको खोप लगाउने बताएको छ ।