संसद बैठक फेरि स्थगित भएको छ ।
प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको र अर्को बैठक पुस २८ गते बस्ने गरी संसद सचिवालयले जनाएको छ ।
पुस २३ मा हुने जिल्ला अधिवेशनमा आफ्ना सांसद व्यस्त हुने भन्दै एमालेले आग्रह गरेपछि संसद बैठक स्थगित गरिएको बताइएको छ ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशनका कारण स्थगित भएको थियो ।
नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।