हरेक वर्षझै पुष महिला सकिनै लाग्दा तराई–मधेशमा सितलहरको प्रकोप बढिरहेको छ ।
अत्यधिक चिसोका कारण जनजिवन कष्टकर हुँदैगएपछी मानिसहरु घरबाट निस्कन समेत नसक्ने अवस्था आएको छ ।
चिसोका कारण खासगरी वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएको पाईएको छ ।
मधेशको लगभग हरेक जिल्लाका बिधालयहरु एक साताकालागी बन्द गरिएको छ भने चिसोबाट बच्न सावधानी अपनाउन स्थानिय प्रशासनले अनुरोध गरिरहेको छ ।
चिसोकै कारण हिजोमात्रै प्रदेश २ मा दुईजनाको मृत्यस भएको छ । चिसोले कठ्याङग्रीएर धनुषा र सप्तरीमा गरी दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी ६० वर्षिया सुमित्रा देवी यादव र सप्तरीको महादेवा गाउँपालिकाका देवनारायण ठाकुर रहेका छन् ।
चिसो र सितलहर एकाएक बढेपछी प्रदेश २ का केही स्थानिय निकायहरुले टोलटोलमा दाउरा वितरण गरी आगो बाल्ने काम समेत गरेका छन् ।
नागरिकलाई राहत लिने उद्देश्यले दाउरा बालिएको रौटहटको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । गुप्ताले गौर नगरपालिकाको १ सय स्थानमा दाउरा वितरण गरिएको बताए ।