नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपका एमालेप्रती जनताको बिश्वास गुमिसकेको बताएका छन् ।
दुई पटक संसद बिघटन गरेर एमालेले आफुलाई जनमत बिरोधी साबित गरिसकेकोले आगामि निर्वाचनमा उसको पत्ता साफ हुने नेता यादवले बताए ।
देश र जनताका लागी एकमात्र पार्टी नेपालि काँग्रेस भएकाले अब हुने तिनै तहको निर्वाचनमा काँग्रेसले अधिक सिट जित्ने र केन्द्र तथा प्रदेशमा एकल बहुमत ल्याउने नेता यादवले ठोकुवा गरे ।
एमाले अध्यक्ष केपि ओली एकल अधिनायकवाद लाद्न खोजेकोले सम्बैधानिक व्यवस्था अनुसार उनलाई सरकारबाट निकालिएको बताए ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सह महामन्त्री यादवले पार्टी सभापति शेरबहादुर देउवाले सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास समेत व्यक्त गरेका छन् ।
‘महाधिवेशनपछी पार्टीका सम्पुर्ण नेता एकजुट भएर जानेछन्’– यादवले भने ‘काँग्रेसलाई थप मजबुत गरी निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने रणणितिमा आफुहरु लागेका छौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवले बताए । अब पार्टीभित्र गुटगत किचलो नहुने भन्दै यादवले सबैलाई समेटेर सबैको काँग्रेस बनाउने अभियानमा प्रधानमन्त्री तथा पार्टी सभापती देउवा लागिसकेको बताए ।