बुधबार शेयर बजार परिसूचक नेप्से आज घटेको छ ।
लगातार चार दिन बढेको नेप्से बुधबार ३० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव २० विन्दुमा झरेको छ । यसअघि लगातार चार दिन नेप्से बढेको थियो ।
आज दुई सय ३६ कम्पनीका ९५ लाख ५९ हजार कित्ता शेयर किनबेच भए ।
परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३२ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
जसमा सबैभन्दा बढी शिवम् सिमेन्टस्को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता १५२३ रुपैयाँ पुगेको छ ।
आज हाइड्रोपावर र फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स, विकास बैंक, होटल र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज विजय लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स विकास बैंक, किसान लघुवित्त र सिभिल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ ।