पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् ।
नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पारेका हुन् ।
आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र दिएको भए प्रमाण सार्वजनिक गर्न पनि उनले चुनौति दिएका छन् ।