किसान आन्दोलन गरिरहेको जनमत पार्टीले त्रिभुवन राजमार्ग अन्तर्गत पथलैयामा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ।
जनमत पार्टी बाराद्वारा आयोजित प्रदर्शनमा राजमार्गको बिचमा आज अर्धनग्न भई प्रदर्शन गरेका थिए।विभिन्न १२ बुन्दे माग राख्दै आन्दोलनमा उत्रेको जनमत पार्टीले किसानहरूलाई बिउ बिजन उपलब्ध गराउनुपर्ने, किसानहरूको बिमा गर्नुपर्ने लगायतको माग राखेको छ।
तराई-मधेशभरिनै आन्दोलन गरिरहेको पार्टीले आफूहरूको माग पुर नभएसम्म आन्दोलन जारी रहने जनाएको छ।पथलैयामा गएको अर्धनग्न प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख सुरेश प्रसाद साह, महिला जनमत संघकी केन्द्रीय उपाध्यक्ष अनिता रौनियार, केन्द्रीय सदस्य नजमा खातुन, बारा जिल्ला सचिव विजय गुप्ता लगायत दर्जनौँ नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।