देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बुधवार सांझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि खरेललाई प्रमुखमा नियुक्त गरिएको हो ।