झापामा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी थप १२ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापाको मेचिनगर-८ का ४५ वर्षीय सारद राजवंशी रहेका छन्। उनको उपचारका क्रममा एन्जल मेडिकल धुलाबारीमा मत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी संकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधीकारी रहेका छन्।
पिपल चोक बस्ने केशब पाठकको घरमा आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घटना घटेको प्रहरीले जनाएको छ।